Kathmandu Press

डोटीमा बोलेरो दुर्घटना, एकको मृत्यु, एक घाइते

सिलगडी, जेठ २८ : डोटीको दिपायल सिलगढी नगरपालिका–४ समूहगाढमा बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन्।जिल्ला प्रहरी...
डोटीमा बोलेरो दुर्घटना, एकको मृत्यु, एक घाइते

सिलगडी, जेठ २८ : डोटीको दिपायल सिलगढी नगरपालिका–४ समूहगाढमा बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कान्तिराज जोशीका अनुसार कैलालीबाट ब्रोइलर कुखुराका चल्ला र दाना लिएर आउँदै गरेको सुप्रप ००१००१ च २६१५ नम्बरको महेन्द्रा बोलेरो आज बिहान करिब ४.४५ बजे दुर्घटना भएको हो।

दुर्घटनामा परी कैलालीको धनगढी उपमहानगरपालिका–५ तारानगरका ५० वर्षीय चालक हुकुम शाहको मृत्यु भएको छ। यसैगरी दुर्घटनामा परी बाजुरा जिल्ला बूढीगङ्गा नगरपालिका–८ बस्ने २६ वर्षीया देवीकुमारी शाह गम्भीर घाइते भएकी छिन्। 

घाइतेको दिपायल पिपल्लामा रहेको शैलेश्वरी अस्पतालमा उपचार भइरहेको र उनको अवस्था गम्भीर रहेको उपचारमा संलग्न स्वास्थ्यकर्मीले जनाएका छन्। बोलेरो अनियन्त्रित भई सडकबाट कम्तीमा एक मिटर तल खसेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: ०८:३१ बजे, शुक्रबार, जेठ २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्