Kathmandu Press

शीर्ष नेतासँग छलफल गर्दै सभामुख सापकोटा

शीर्ष नेतासँग छलफल गर्दै सभामुख सापकोटा

काठमाडौं, जेठ २८ : सभामुख अग्निप्रसाद सापकोटा आज सबै दलका शीर्ष नेतासँग छलफल गर्न लागेका छन्। 

उनले प्रधानमन्त्री केपी शर्मा ओलीसहित सबै दलका शीर्ष नेतालाई छलफलका लागि बोलाएका छन्। समसामयिक विषयमा छलफल गर्न सभामुख सापकोटाले प्रमुख राजनीतिक दलका शीर्ष नेतालाई बोलाएको जनाएको छ। 

छलफलका सहभागिताका लागि शुक्रबार सभामुख सापकोटाले पत्र पठाएका थिए। बैठकमा प्रधानमन्त्री ओली, पूर्वप्रधानमन्त्रीहरू र संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका नेतालाई बोलाइएको सभामुखको सचिवालयले जनाएको छ। 

आज अपराह्न बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा छलफल हुने तय गरिएको छ। 

यसअघि सभामुख सापकोटाले पूर्वसभामुखहरूसँग छलफल गरेका थिए। त्यस्तै, कानून व्यवसायीसँग पनि छलफल गरिसकेका छन्। 

प्रकाशित मिति: ०७:०१ बजे, शुक्रबार, जेठ २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्