Kathmandu Press

ओली सरकार आफ्नै कारणले ढल्छः मनिष सुमन 

काठमाडौं, असार १० : राष्ट्रिय जनता पार्टी नेपालका महासचिव एवं प्रदेशसभा सदस्य मनिष सुमनले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार आफ्नै कारणले ढल्....

ओली सरकार आफ्नै कारणले ढल्छः मनिष सुमन 

काठमाडौं, असार १० : राष्ट्रिय जनता पार्टी नेपालका महासचिव एवं प्रदेशसभा सदस्य मनिष सुमनले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार आफ्नै कारणले ढल्ने बताएका छन्।

मंगलबार रिपोर्टर्स क्लबले गरेको साक्षात्कारमा उनले भने,‘ओली सरकारले देश तथा मधेश कसैको पनि हित गर्दैन भन्ने राजपाको ठम्याइ  छ। हामी यो सरकार ढाल्ने ल्याकत राख्दैनौं। र, ल्याकत छैन पनि। बरु, यो सरकार आफैं ढल्ने मसँग सूचना छ।’ उनले नेकपाभित्र अहिले ठूलो समस्या रहेको पनि टिप्पणी गरे।

पार्टीको अध्यक्ष मण्डलको बैठक बसिरहेको सुनाउँदै सुमनले सरकारको पछिल्लो भूमिकाप्रति आफूहरु चिन्तित रहेको बताए।  पार्टीका केन्द्रीय सचिव तथा निलम्बित सांसद रेशम चौधरीप्रति कारागारमा पनि अमानवीय व्यवहार भएको र सुत्दापनि हतियारधारी सुरक्षाकर्मी राखिनु आपत्तिजनक भएको उनले बताए।

फरक प्रसँगमा उनले राजपा र समाजवादी पार्टीबीच एकताका लागि प्रशस्त सम्भावना रहेको र त्यसका लागि उपेन्द्र यादवले तत्काल सरकार छोड्नुपर्ने आफूहरुको अडान रहेको स्पष्ट पारे।

उनले भने,‘उपेन्द्रजीले तत्काल सत्ता त्याग्नुपर्छ। उहाँहरु र हामीबीच अरु धेरै कुरामा सैद्धान्तिक असहमति पनि छन्। जस्तो, राष्ट्रपतिबारे उहाँहरु प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली भन्नुहुन्छ, हामीले संसदबाट निर्वाचित हुनुपर्छ भनेका छौं।’
 

प्रकाशित मिति: १७:१९ बजे, मंगलबार, असार १०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्