सरकारले खोप दिन नसकेपछि काठमाडौंमा खोप कार्यक्रम स्थगित
सरकारले खोप उपलब्ध गराउन नसकेपछि कार्यतालिकाभन्दा दुईदिनअघि नै खोप कार्यक्रम स्थगित गरिएको काठमाडौं महानगरपालिकाले जनाएको हो ।
काठमाडौं, जेठ २७ : काठमाडौंमा जारी खोप कार्यक्रम स्थगित गरिएको छ ।
सरकारले खोप उपलब्ध गराउन नसकेपछि कार्यतालिकाभन्दा दुईदिनअघि नै खोप कार्यक्रम स्थगित गरिएको काठमाडौं महानगरपालिकाले जनाएको हो ।
महानगरका स्वास्थ्य विभाग प्रमुख हरि कुँवरले एक सूचना जारी गर्दै सरकारले खोप उपलब्ध गराउन नसक्ने जानकारी गराएपछि स्थगित गरिएको जनाएका छन् ।
महानगरपालिकाले ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई भेरोसेल खोप दिएको थियो तर, सरकारले पर्याप्त खोप उपलब्ध गराउन नसकेपछि स्थगित गर्नुपरेको महानगरको भनाइ छ । महानगरका अनुसार अर्को सुचना नभएसम्मका लागि खोप कार्यक्रम स्थगित गरिएको हो ।
काठमाडौं महानगरपालिकाले जेठ २५ गतेदेखि ६०–६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई सञ्चालन गरेको खोप कार्यक्रमबाट तीन दिनमा २८ हजार बढीलाई खोप लगाईसकेका छन् ।

प्रकाशित मिति: २०:१० बजे, बिहीबार, जेठ २७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
-1790149980.jpg)



-1790149980.jpg)






