गण्डकीका सांसद थापाको मुद्दामा विपक्षीलाई छलफलमा बोलाइयो
काठमाडौं, जेठ २७ : गण्डकी प्रदेशका जनमोर्चा सांसद कृष्ण थापालाई सर्वोच्च अदालतले पुनर्बहाली गर्ने अन्तरिम आदेश दिएपछि त्यसविरुद्ध परेको पुनरावलोकन निवेदन (भ्याकेट) का विषयमा...
काठमाडौं, जेठ २७ : गण्डकी प्रदेशका जनमोर्चा सांसद कृष्ण थापालाई सर्वोच्च अदालतले पुनर्बहाली गर्ने अन्तरिम आदेश दिएपछि त्यसविरुद्ध परेको पुनरावलोकन निवेदन (भ्याकेट) का विषयमा छलफलका लागि सर्वोच्च विपक्षीलाई छलफलमा डाकेको छ ।
बुधबार सर्वोच्च अदालतमा प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले दर्ता गराएको मुद्दामाथि बिहीबार सुनुवाइ गर्दै अन्तरिम आदेश दिनुपर्ने–नपर्ने भन्नेबारे छलफलका लागि ३१ जेठमा विपक्षीलाई बोलाएको हो ।
सर्वोच्च अदालतले प्रदेशसभा सदस्यबाट कारवाही गरिएका थापालाई सोही हैसियतमा काम गर्न दिन २३ जेठमा अन्तरिम आदेश जारी गरेको थियो । इजलासले विपक्षीहरूलाई १५ दिनभित्र थापामाथिको कारवाहीबारे लिखित जवाफ दिन पनि आदेश दिएको सन्दर्भमा भ्याकेट निवेदन परेको हो ।
गत २९ वैशाखमा हुने भनिएको सरकार गठनसम्बन्धी दाबीमा प्रदेशसभा सदस्य थापाले हस्ताक्षर गर्न अस्वीकार गरेको भन्ने मुख्य कारण देखाई उनलाई राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३५ बमोजिम जनमोर्चाको सिफारिसमा पदमुक्त गरिएको थियो ।
-1790149980.jpg)



-1790149980.jpg)






