गण्डकी प्रदेशसभामा मत विभाजन प्रक्रिया सुरु
पोखरा, जेठ २७ : गण्डकी प्रदेशको प्रदेशसभा बैठक जारी छ।आजको बैठक सुरु हुनेबित्तिकै मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वासको मतका लागि प्रस्ताव पेस गरिसकेका...
पोखरा, जेठ २७ : गण्डकी प्रदेशको प्रदेशसभा बैठक जारी छ। मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वासको मत लिने प्रयोजनका लागि अहिले मत विभाजन प्रक्रिया सुरु भएको छ।
आजको बैठक सुरु हुनेबित्तिकै मुख्यमन्त्री गुरुङले सरकाले गरेका कामहरूको फेहरिस्त प्रस्तुत गरेलगत्तै आफूलाई विश्वासको मत दिन आह्वान गरेका थिए।
मुख्यमन्त्री गुरुङले विपक्षीले उठाएका प्रश्नको जवाफ दिएलगत्तै पक्षविपक्षमा मतदान गर्ने प्रक्रिया सुरु भएको हो।
गुरुङले अन्य दलको सरकार बन्ने अवस्था नरहेकाले आफूलाई विश्वासको मत दिन अनुरोध गरे। विपक्षी गठबन्धनअन्तर्गत रहेका विभिन्न दलका सचेतकहरुले गुरुङलाई विश्वासको मत दिन नसकिने धारणा राखे।
प्रकाशित मिति: १७:३२ बजे, बिहीबार, जेठ २७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
-1790149980.jpg)




-1790149980.jpg)





