Kathmandu Press

खानेपानी मन्त्री मगरलाई कालोझण्डा देखाउने कांग्रेस कार्यकर्तामाथि कुटपिट

बेलौरी, असार १० : खानेपानी मन्त्री बिना मगरलाई कालोझण्डा देखाएको भन्दै नेकपाका कार्यकर्ताले कांग्रेस कार्यकर्तामाथि कुटपिट गरेका छन्।

मन्त्र....

मन्त्री मगरलाई कालोझण्डा देखाएको भन्दै नेकपाका कार्यकर्ताले कांग्रेस क्षेत्र नम्बर १ का सभापति गोपीप्रसाद उपाध्याय, तरुण दलका नेता राम खड्का र विक्रम चन्दमाथि कुटपिट गरेका हुन्।

मंगलबार कञ्चनपुरको बेलौरी पुर्नवासको नगर परिषद्मा सहभागी जाने क्रममा मन्त्री मगरलाई डौकी बजारमा कांग्रेसका कार्यकर्ताहरुले कालोझण्डा देखाएका थिए। उनीहरुले निर्मला पन्तका हत्यारा पत्ता लगाउन नसकेको र जनताका काममा ध्यान नदिएको भन्दै कालो झण्डा देखाएका थिए।  कुटपिटबाट घाइते तीनै जनाको कैलालीको धनगढीस्थित सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ।

कञ्चनपुर क्षेत्र नम्बर १ का कांग्रेस कोषाध्यक्ष महेश जोशीले मन्त्री मगरले नेकपाका परिचालन गरेर कांग्रेस कार्यकर्तामाथि निर्घात कुटपिट गराएको आरोप लगाए।
 
प्रकाशित मिति: १६:२४ बजे, मंगलबार, असार १०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्