Kathmandu Press

नवनियुक्त मन्त्रीहरूले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं, जेठ २७ : नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्।राष्ट्रपति कार्यालय शीतलनिवासमा सातजना मन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष शपथ लिए।त्यस्तै एक जना राज्यमन्त्रीले...
नवनियुक्त मन्त्रीहरूले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं, जेठ २७ : नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्।

राष्ट्रपति कार्यालय शीतलनिवासमा सातजना मन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष शपथ लिए।

त्यस्तै एक जना राज्यमन्त्रीले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष पद तथा गोपनीयताको शपथ लिइन्।

नवनियुक्त मन्त्रीहरूमा खगराज अधिकारीलाई गृह, राजकिशोर यादवलाई उद्योग, वाणिज्य तथा आपूर्ति, नैनकला थापालाई सञ्चार तथा सूचना प्रविधि, ज्वालाकुमारी साहलाई कृषि तथा पशुपन्छी विकास, नारदमुनि रानालाई वन तथा वातावरण, गणेशकुमार पहाडीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिइएको हो। 

मोहम बानिया विना विभागीय मन्त्री बनेका छन् । आशाकुमारी विकलाई वन तथा वातावरण राज्यमन्त्री बनाइएको छ। उनीहरू सबैले आज शपथ ग्रहण गरेका हुन्।

प्रकाशित मिति: १७:०७ बजे, बिहीबार, जेठ २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्