Kathmandu Press

अस्ट्रेलियाविरुद्ध नेपालको जोड नतिजामा होइन प्रदर्शनमा

काठमाडौं, जेठ २७ : विश्पकप र एसियाकपको दोस्रो चरणको छनोटको अन्तिम खेलमा नेपालले शुक्रबार एसियन पावरहाउस अस्ट्रेलियाको सामाना गर्ने छ। नेपाल र अस्ट्रेलियाबीचको खेल...
अस्ट्रेलियाविरुद्ध नेपालको जोड नतिजामा होइन प्रदर्शनमा

काठमाडौं, जेठ २७ : विश्पकप र एसियाकपको दोस्रो चरणको छनोटको अन्तिम खेलमा नेपालले शुक्रबार एसियन पावरहाउस अस्ट्रेलियाको सामाना गर्ने छ। नेपाल र अस्ट्रेलियाबीचको खेल कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा शुक्रबार साँझ९ः४५ बजे हुने छ।

अस्ट्रेलियाविरुद्ध नेपाली टिमको लक्ष्य प्रदर्शनमा सुधार गर्नु हुने छ। खेलअघि भएको प्रिम्याच कन्फ्रेसमा नेपाली टिमका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले अस्ट्रेलियाविरुद्ध आफ्नो ध्यान नतिजामा भन्दा राम्रो खेल्नेमा रहेको बताएका छन्।

Hardik ivf

‘हामीले पछिल्लो समय खेल्ने शैलीमा केही परिवर्तन गरेका छौं । अहिले त्यसको नतिजा आउन थालेको छ । तर, छोटो समयमा केही पनि सजिलो हुँदैन,’ अलमुताइरीले भने, ‘फुटबलमा नतिजा पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ । हामीले भविष्यमा अझ राम्रो नतिजा दिन सक्ने छौं ।’ 

उनले अस्ट्रेलियाविरुद्धको खेल नेपालका लागि सजिलो नहुने पनि बताए । उनले जुलाईमा युरोप र अफ्रिकी देशसँग मैत्रीपूर्ण अभ्यास खेल खेल्ने तयारी रहेको पनि बताए। 

प्रशिक्षक अल्मुताइरीले दीर्घकालीन योजनामा अगाडि बढेको दाबी गर्दै थपे, ‘हाम्रो लक्ष्य पक्कै पनि साफ च्याम्पियनसिप नै हो। सेप्टेम्बरमा हुने यस प्रतियोगिताका लागि तयारी हाम्रो मुख्य लक्ष्य हो र हामी यसै अनुसार अगाडि बढिरहेका छौं।’

छनोटको समूह बीमा नेपालको विश्वकपको तेस्रो चरणको छनोटमा पुग्ने सम्भावना सकिको छ । तर, एसिया कप छनोटको तेस्रो चरण पुग्ने सम्भावना भने छ। नेपाल एसिया कप तेस्रो छनोटमा सिधै पुग्न नसकेपछि प्लेअफको बाटो भने बाँकी नै छ । ताइपेइविरुद्ध २ जित निकाल्दै छ अंकसहित चौथो स्थानमा रहेको छ । अस्ट्रेलियाविरुद्ध जित निकाल्न सके मात्र नेपालको चौथो स्थानको उत्कृष्ट ४ भित्र पर्ने सम्भावना बाँकी रहन्छ, तर त्यो नेपालका लागि असम्भव जस्तै छ।

प्रकाशित मिति: १६:५० बजे, बिहीबार, जेठ २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्