Kathmandu Press

मन्त्रिमण्डल विस्तार- सात मन्त्री, एक राज्यमन्त्री थपिए

प्रधानमन्त्री केपी ओलीले मन्त्रिमण्डल विस्तार गरेका छन् ।
मन्त्रिमण्डल विस्तार- सात मन्त्री, एक राज्यमन्त्री थपिए

काठमाडौं, जेठ २७ : प्रधानमन्त्री केपी ओलीले मन्त्रिमण्डल विस्तार गरेका छन् ।

उनको मन्त्रिमण्डलमा सात मन्त्री र एक राज्यमन्त्री थपिएका छन् ।

नवगठित मन्त्रिपरिषद्मा खगराज अधिकारी गृह, राजकिशोर यादव उद्योग, वाणिज्य तथा आपूर्ति, नैनकला थापा सञ्चार तथा सूचना प्रविधि, ज्वालाकुमारी साह कृषि तथा पशुपन्छी विकास, नारदमुनि राना वन तथा वातावरण, गणेशकुमार पहाडी संघीय मामिला तथा सामान्य प्रशासन र मोहम बानिया विना विभागीय मन्त्री बनेका छन् ।

यस्तै, आशाकुमारी विकलाई वन तथा वातावरण राज्यमन्त्री बनाइएको छ । उनीहरूलाई बिहीबार नै सपथ ग्रहण गराउने तयारी छ ।
 

यस्तो छ नवगठित मन्त्रिपरिषद्


 

प्रकाशित मिति: १४:५८ बजे, बिहीबार, जेठ २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्