Kathmandu Press

मुख्यमन्त्री गुरुङलाई कांग्रेस र माओवादी केन्द्रले विश्वासको मत नदिने

कांग्रेस र माओवादी केन्द्रले गण्डकीका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वासको मतको विपक्षमा मतदान गर्ने भएका छन् ।
मुख्यमन्त्री गुरुङलाई कांग्रेस र माओवादी केन्द्रले विश्वासको मत नदिने

काठमाडौं, जेठ २७ : कांग्रेस र माओवादी केन्द्रले गण्डकीका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वासको मतको विपक्षमा मतदान गर्ने भएका छन् ।

माओवादी केन्द्रका संसदीय दलका नेता हरिमान चुमान र कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मतका बारेमा छलफलमा भाग लिँदै विपक्षमा मतदान गर्ने बताए ।

प्रदेश सभामा कांग्रेसका १५ र माओवादी केन्द्रका १२ सांसद छन् । जसपाका दुई सांसदले पनि विपक्षमा मतदान गर्ने भएका छन् । जनमोर्चाकी सांसद पियारी थापाले विपक्षमा मतदान गर्ने बताएकी छन् । तर, सोही पार्टीका सांसदहरू कृष्ण थापा र खिमबिक्रम शाहीले मुख्यमन्त्रीका पक्षमा मतदान गर्ने सम्भावना छ ।

स्वतन्त्र सांसद राजीव गुरुङले विपक्षमा मतदान गर्ने अभिव्यक्ति दिएका थिए । तर, उनी सम्पर्कबाहिर रहेको स्रोतको भनाइ छ ।

गण्डकीमा एमालेका २७ सांसद छन् । तीमध्ये एकजना माधवकुमार नेपाल समूहका छन् ।
 

प्रकाशित मिति: १४:३८ बजे, बिहीबार, जेठ २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्