Kathmandu Press

नेपाल समूह छाडेका सांसद गणेश पहाडी सामान्य प्रशासन मन्त्री बन्दै

पोखरा, जेठ २७ : प्रधानमन्त्री केपी ओलीले आज (बिहीबारं) अपराह्न मन्त्रिपरिषद विस्तार गर्दै छन्। अघिल्लो साता मन्त्रिपरिषद् हेरफेर गर्दा उनले केही मन्त्रालय आफैंसँग...
नेपाल समूह छाडेका सांसद गणेश पहाडी सामान्य प्रशासन मन्त्री बन्दै

पोखरा, जेठ २७ : प्रधानमन्त्री केपी ओलीले आज (बिहीबारं) अपराह्न मन्त्रिपरिषद विस्तार गर्दै छन्। अघिल्लो साता मन्त्रिपरिषद् हेरफेर गर्दा उनले केही मन्त्रालय आफैंसँग राखेका थिए। तिनै मन्त्रालयमा उनले नयाँ मन्त्री नियुक्त गर्न लागेका हुन्।

आज विस्तार गरिने मन्त्रिमण्डलमा सांसद गणेश पहाडीले सामान्य प्रशासन मन्त्रीको जिम्मेवारी लिँदै छन्। प्रधानमन्त्री बिहीबार फोन गरेर मन्त्री बन्न प्रस्ताव गरेको र उनले पनि प्रस्ताव स्वीकार गरेको जनायएको छ।

उनी केही समयअघिसम्म वरिष्ठ नेता माधवकुमार नेपाल समूहमा आबद्ध थिए। उनी एमालेकै दोस्रो पुस्ताका प्रभावशाली नेता योगेश भट्टराई निकट मानिन्छन्। नवौं महाधिवेशनमा उनी नैता नैपालकै नेपालको प्यानलबाट वैकल्पिक केन्द्रीय सदस्य निर्वाचित भएका हुन्।

वैशाख २७ गते प्रधानमन्त्री ओलीले विश्वासको मत लिँदा सांसद पहाडीले उपस्थिति जनाएनन्। दोस्रोपटक प्रतिनिधिसभा विघटन हुनुअघि विपक्षी गठबन्धनले १ सय ४९ सांसदको हस्ताक्षरसहित राष्ट्रपति कार्यालयमा कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री दाबी गरेर बुझाइएको पत्रमा पनि उनले हस्ताक्षर गरेका थिए।

तर संसद विघटनविरुद्ध विपक्षी गठबन्धनले सर्वोच्च अदालतमा संसद् पुनःस्थापनाका लागि दिएको रिटमा भने उनले हस्ताक्षर गरेनन्। माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउन भनेर हस्ताक्षर गरिए पनि देउवाका पक्षमा बुझाइएको भन्दै उनी असन्तुष्ट रहँदै आएको स्रोतको भनाइ छ। त्यसकारण पछिल्लो समय उनी ओली समूहतिर नजिकिएको चर्चा चलेको थियो।

पहाडीले २०७४ सालको निर्वाचननमा सिन्धुली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।

प्रकाशित मिति: १४:०२ बजे, बिहीबार, जेठ २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्