Kathmandu Press

गण्डकीमा जसपा र जनमोर्चाले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने

जसपा र जनमोर्चाले गण्डकीका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई विश्वासको मत नदिने भएको छ ।
गण्डकीमा जसपा र जनमोर्चाले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने

काठमाडौं, जेठ २७ : जसपाले गण्डकीका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई विश्वासको मत नदिने भएको छ ।

मुख्यमन्त्री गुरुङले प्रस्ताव गरेको विश्वासको मतमाथिको छलफलमा भाग लिँदै जसपा सांसद हरिशरण आचार्यले विपक्षमा मतदान गर्ने घोषणा गरेका हुन् । गण्डकी प्रदेशसभामा जसपाका दुई सांसद छन् ।

६० सदस्यीय प्रदेशसभामा एमालेका २७ सांसद छन् । तीमध्ये एकजना माधवकुमार नेपाल समूहका हुन् । स्वतन्त्र सांसद तथा प्रदेश सरकारका मन्त्री राजीव गुरुङले विपक्षमा मतदान गर्ने बताएका छन् । तर, उनी सम्पर्क बाहिर रहेको स्रोतले जनाएको छ।

तीन सांसद रहेको राष्ट्रिय जनमोर्चाले पनि विपक्षमा मतदान गर्ने सांसद पियारी थापाले बताइन् । तर, उक्त पार्टीका सांसद कृष्ण थापाले मुख्यमन्त्रीका पक्षमा मतदान गर्ने घोषणा गरेका छन् । अर्का सांसद खिमबिक्रम शाहीले कसलाई मत दिने हुन् स्पष्ट छैन ।

प्रदेश सभामा कांग्रेसका १५ र माओवादी केन्द्रका १२ सांसद छन् ।
 

प्रकाशित मिति: १३:५९ बजे, बिहीबार, जेठ २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्