Kathmandu Press

रक्षामन्त्री पोखरेलले भने–नेपाली सेना अन्तर्राष्ट्रिय सैनिक गठबन्धनमा सामेल हुँदैन

काठमाडौं, असार १० : उपप्रधान एवं रक्षामन्त्री इश्वर पोखरेलले संविधानको मर्म र भावनाअनुरुप नेपाली सेना परिचालित हुँदै आएको बताएका छन्।

प....

प्रतिनिधिसभामा विनियोजन विधेयक २०७६ अन्तर्गत  रक्षा मन्त्रालयका  विभिन्न शीर्षकमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले मुलुकको  स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षाका लागि नेपाली सेना दृढ रहेको बताए। 

उनले नेपाली सेना कुनै देश वा मिसनविरुद्ध नलाग्ने स्पष्ट पारे। दै रक्षामन्त्री पोखरेलले नेपाली सेना अमेरिकाको इन्डो प्यासिफिक स्ट्राटेजीको सदस्य बनेको कुरा पनि गलत भएको र  विभिन्न मित्र राष्ट्रसँग तालिममा सहभागी भएको बताएका हुन्। 

भारत, चीन, बेलायत र अमेरिकासँग द्विपक्षीय वा बहुपक्षीय तालिम हुने गरेको र यो नियमित प्रक्रिया मात्रै भएको उनको भनाइ छ। नेपाली सेनाले शक्ति मुलुकसँगको सम्बन्ध राष्ट्रिय सुरक्षा नीतिका आधारमा मात्रै राख्ने गरेको उनले बताए। 

रक्षामन्त्री पोखरेलले नेपाली सेनालाई आवश्यकता अनुसार विकास निर्माण र विपद् व्यवस्थापनमा परिचालन गर्न संविधानले नै व्यवस्था गरेको बताए। उनले सेनालाई प्रभावकारी बनाउँदै संरचनामा समयानुकुल सुधार गर्न सकिने पनि बताए।
 
प्रकाशित मिति: १५:३८ बजे, मंगलबार, असार १०, २०७६