मन्त्रिपरिषद् विस्तारको तयारीमा प्रधानमन्त्री, सात मन्त्री र एक राज्यमन्त्री थपिँदै
काठमाडौं, २७ : प्रधानमन्त्री केपी ओली मन्त्रिपरिषद् विस्तारको तयारीमा जुटेका छन्।पछिल्लोपटक मन्त्रिपरिषद हेरफेर गर्ने क्रममा प्रधानमन्त्री ओलीले आठ मन्त्रालय आफूसँगै राखेका थिए।ओलीले आज...
काठमाडौं, २७ : प्रधानमन्त्री केपी ओली मन्त्रिपरिषद् विस्तारको तयारीमा जुटेका छन्।
पछिल्लोपटक मन्त्रिपरिषद हेरफेर गर्ने क्रममा प्रधानमन्त्री ओलीले आठ मन्त्रालय आफूसँगै राखेका थिए।
ओलीले आज (बिहीबार) अपराह्न आफूसँग भएका केही मन्त्रालय को जिम्मेवारी दिनेगरी नयाँ मन्त्री नियुक्त गर्न लागेका हुन्।
एमाले विदेश विभाग उपप्रमुख विष्णु रिजालका अनुसार अब विस्तार हुने मन्त्रिमण्डलमा सात मन्त्री र एक राज्यमन्त्री थपिँदैछन्।
राष्ट्रपति कार्यालय शीतल निवासमा नयाँ मन्त्रीहरुलाई शपथ खुवाउने तयारी भइरहेको पनि जनाइएको छ।
सांसदहरू नारदमुनी रानालाई वन, खगराज अधिकारीलाई गृह, नैनकला थापालाई सञ्चार तथा सूचना प्रविधिमन्त्री, ज्वालाकुमारी साहलाई कृषि, राजकिशोर यादवलाई उद्योग, गणेश पहाडीलाई सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिन लागिएको स्रोतको भनाइ छ।
मोहन बानिया विनाविभागीय मन्त्री भएर सरकारमा जाँदै छन् भने आशा विकलाई वन राज्यमन्त्रीको जिम्मेवार िदिइएको छ।



-(7)-1765197040.jpg)





-(7)-1765197040.jpg)

-1765195794.jpg)
-1765195343.jpg)