गण्डकी प्रदेश सांसद थापाको मुद्दा चुडाल र प्रधानको इजलासमा
काठमाडौं, जेठ २७ : गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापालाई राष्ट्रिय जनमोर्चाले प्रदेशसभा सदस्यबाट हटाउँदै गरेको कारबाही थमौती गर्ने सर्वोच्च अदालतको अन्तरिम आदेशविरुद्धको पुनरावलोकन...
काठमाडौं, जेठ २७ : गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापालाई राष्ट्रिय जनमोर्चाले प्रदेशसभा सदस्यबाट हटाउँदै गरेको कारबाही थमौती गर्ने सर्वोच्च अदालतको अन्तरिम आदेशविरुद्धको पुनरावलोकन निवेदन न्यायाधीशद्वय कुमार चुडाल र सपना प्रधान मल्लको इजलासमा तोकिएको छ।
मंगलबार न्यायाधीश चुडालको एकल इजलासले सांसद थापालाई पुनर्बहाली गर्न अन्तरिम आदेश दिएको छ।
सोही मुद्दमा जनमोर्चाले बुधबार पुनरावलोकन निवेदन दर्ता गराएको थियो।
प्रकाशित मिति: ११:४० बजे, बिहीबार, जेठ २७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











