अवैध रूपमा ढुङ्गागिट्टी उत्खनन गर्ने पाँच टिपर नियन्त्रणमा
लहान, जेठ २७ : अवैध रूपमा ढुङ्गागिट्टी उत्खनन गरेको भन्दै प्रहरीले सिरहाको गोलबजार नगरपालिका-९ बाट पाँच टिपर नियन्त्रणमा लिई कारवाहीका लागि नगरपालिकामा बुझाएको...लहान, जेठ २७ : अवैध रूपमा ढुङ्गागिट्टी उत्खनन गरेको भन्दै प्रहरीले सिरहाको गोलबजार नगरपालिका-९ बाट पाँच टिपर नियन्त्रणमा लिई कारवाहीका लागि नगरपालिकामा बुझाएको छ।
चुरे क्षेत्रमा अवैधरूपमा ढुङ्गागिट्टी उत्खनन गरिरहेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले उत्खननमा प्रयोग भएका टिपर नियन्त्रणमा लिएको हो।
नियन्त्रणमा लिएका टिपर आवश्यक कारवाहीका लागि नगरपालिकालाई बुझाइएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए।
उक्त नगरपालिका र धनगढीमाई नगरपालिकाअन्तर्गतको चुरे क्षेत्रमा अवैधरूपमा ढुङ्गागिट्टी उत्खनन भइरहेको जनगुनासोपश्चात प्रहरीले सक्रियता बढाएको छ।
प्रकाशित मिति: ११:२६ बजे, बिहीबार, जेठ २७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कर्णालीको विकासका लागि सहकार्य हुनुपर्नेमा मुख्यमन्त्रीको जोडशनिबार, मंसिर ८, २०८१
पोखरामा सामुदायिक विद्यालय पढाउने अभिभावकको निःशुल्क स्वास्थ्य बिमाशुक्रबार, मंसिर ७, २०८१
झापाबाट एघार करोडको चिया निर्यातशुक्रबार, मंसिर ७, २०८१
जटिल रोग लागेका बिरामीलाई लुम्बिनी प्रदेशको दुई लाख सहयोगशुक्रबार, मंसिर ७, २०८१