नागरिकता आध्यादेशविरुद्धको रिटमा सुनुवाइ हुँदै

काठमाडौं, जेठ २७ : सरकारले ल्याएको नारगरिकतासम्बन्धी अध्यादेशविरुद्ध परेका रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुदै छ।
सरकारले जनता समाजवादी पार्टी (जसाप)को माग अनुसार नागरिकता सम्बन्धी अध्यादेश ल्याएको थियो। नागरिकता अध्यादेश ल्याएपछि जसपाको महन्थ ठाकुर पक्ष सरकारमा सहभागी भएको थियो।
त्यसविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथि आज संवैधानिक इजलासमा सुनुवाइ तोकिएको छ। यसअघि नागरिकता अध्यादेश सम्बन्धी रिट हेर्न प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा, न्यायाधीशहरु दीपककुमार कार्की, मिरा खड्का, हरिकृष्ण कार्की र ईश्वरीप्रसाद खतिवडा सहितको संवैधानिक इजलास गठन भएको थियो।
यसअघि यो मुद्दालाई हेर्दाहेर्दैमा राखिएको थियो। दुवै पक्षलाई सर्वोच्चले छलफलका लागि बोलाएको थियो।
प्रकाशित मिति: ०८:२८ बजे, बिहीबार, जेठ २७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











