Kathmandu Press

गण्डकीका मुख्यमन्त्री गुरुङले विश्वासको मत लिँदै

पोखरा, जेठ २७ : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज प्रदेश सभामा विश्वासको मत लिँदै छन्। मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक...
गण्डकीका मुख्यमन्त्री गुरुङले विश्वासको मत लिँदै

पोखरा, जेठ २७ : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज प्रदेश सभामा विश्वासको मत लिँदै छन्। 

मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री गुरङले विश्वासको मत लिन लागेका हुन्। उनले दुई दिन अघि विश्वासको मतको प्रस्ताव संसद सचिवालयमा दर्ता गराएका थिए। 

उनलाई वैशाख २९ गते प्रदेश प्रमुख सीताकुमारी पौडेलले सबैभन्दा ठूलो दलको हैसियतले मुख्यमन्त्री नियुक्त गरेकी थिइन्। 

मुख्यमन्त्री गुरुङ विश्वासको मत नपाउने देखिएको छ। ६० सदस्यीय प्रदेश सभामा नेकपा (एमाले)का २७ सांसद छन्। राष्ट्रिय जनमोर्चाका कृष्ण थापाले उनलाई सहयोग गर्ने देखिएको छ। 

उनको मन्त्रिपरिषद्मा रहेका स्वतन्त्र सांसद दीपक मनांगेले भने साथ छोड्ने संकेत गरेका छन्। उनी बुधबार साँझ बोलाएको मन्त्रिपरिषद् बैठकमा पनि सहभागी भएका छैनन्। 

जसले गर्दा मुख्यमन्त्री गुरुङको पक्षमा २८ सांसद मात्रै देखिएका छन्। बहुमतका लागि ३१ सांसद चाहिन्छन्। 
 

प्रकाशित मिति: ०६:५९ बजे, बिहीबार, जेठ २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्