Kathmandu Press

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

काठमाडौं, जेठ २७ : राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।गएराति राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच साढे दुई घण्टा भेटवार्ता...
राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

काठमाडौं, जेठ २७ : राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

गएराति राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच साढे दुई घण्टा भेटवार्ता भएको हो। साँझ ७ः३० बजे शीतलनिवास प्रवेश गरेका प्रधानमन्त्री ओली राति १० बजे बाहिरिएका थिए। 

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरे लगत्तै प्रधानमन्त्री ओली राष्ट्रपति भण्डारीलाई भेट्न गएका हुन्। सर्वोच्चले विपक्षको माग बमोजिम किन आदेश नदिने भनेर राष्ट्रपति कार्यालयसँगै विपक्षीलाई कारण देखाउन सात दिनको म्याद दिएको छ। 

सर्वोच्चमा बुझाउन जवाफ लगायतका विषयमा राष्ट्रपति र प्रधानमन्त्रीबीच छलफल भएको जनाएको छ। 

प्रकाशित मिति: ०६:४९ बजे, बिहीबार, जेठ २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्