प्रदेश २ मा कांग्रेसका तीन मन्त्रीले लिए सपथ
काठमाडौं, जेठ २६ : प्रदेश २ सरकारमा रामसरोज यादवको नेतृत्वमा कांग्रेस सरकारमा सहभागी भएको छ ।कांग्रेस संसदीय दलका नेता यादवको नेतृत्वमा ३ मन्त्रालयसहित...
काठमाडौं, जेठ २६ : प्रदेश २ सरकारमा रामसरोज यादवको नेतृत्वमा कांग्रेस सरकारमा सहभागी भएको छ ।
कांग्रेस संसदीय दलका नेता यादवको नेतृत्वमा ३ मन्त्रालयसहित कांग्रेस सरकारमा सहभागी भएको हो । कांग्रेसका यादवलाई भौतिक पूर्वाधारमन्त्रीको जिम्मेवारी दिईएको छ भने उर्जा तथा सिचाईमा पर्साका सासद ओमप्रकाश शर्मा र महिला तथा बालबालिकामा सर्लाहीमा सांसद विरेन्द्र सिंहले सपथ लिएका छन् ।
यस्तै माओवादीको भरत साह र जगत यादव सरकारमा सहभागी भएका छन् । साहले वाणिज्य, आपूर्ति तथा वातावरण र यादवलाई कानुन, संचार तथा संसदीय व्यवस्था मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
प्रकाशित मिति: २०:४० बजे, बुधबार, जेठ २६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











