Kathmandu Press

संसद विघटन मुद्दा बहस गर्न तोकियो १५ घण्टा समय 

काठमाडौं, जेठ २६ : सर्वोच्च अदालतले  प्रतिनिधिसभा विघटनको मुद्दामा बहसका लागि एउटा पक्षलाई १५ घण्टा समय तोकेको छ ।रिट निवेदक पक्षले सुरुमा १२...
संसद विघटन मुद्दा बहस गर्न तोकियो १५ घण्टा समय 

काठमाडौं, जेठ २६ : सर्वोच्च अदालतले  प्रतिनिधिसभा विघटनको मुद्दामा बहसका लागि एउटा पक्षलाई १५ घण्टा समय तोकेको छ ।

रिट निवेदक पक्षले सुरुमा १२ घण्टा र प्रत्युत्तर बहसका लागि ३ घण्टा गरी १५ घण्टा समय पाउनेछन् भने विपक्षी सरकारका तर्फबाट पनि बहसका लागि १५ घण्टा समय पाउने छन् ।

बुधबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको इजलासले प्रतिनिधिसभा विघटनको मुद्दामा बहसको समय तोकेको हो ।

इजलासले यो मुद्दामा ४ जना एमिकस क्युरी पनि माग गरेको छ । जसमा नेपाल बार एशोसिएसनबाट २ जना र सर्वोच्च अदालत बार एशोसिएसनबाट २ जना माग गरिएको छ ।

एमिकस क्युरीका एक जनाले बढीमा आधा घण्टा गरी दुई घण्टा बहस गर्न पाउनेछन् ।
 

प्रकाशित मिति: १९:०१ बजे, बुधबार, जेठ २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्