१६ बेलायती सांसदले भने,-नेपाललाई खोप र मेडिकल सामान उपलब्ध गराऔं
काठमाडौं, जेठ २६ : नेपाललाई आपतकालिन अवस्थामा मद्दत गर्नुपर्ने भन्दै बेलायतका १६ जना सांसदहरुले खोप उपलब्ध गराउनुपर्ने भन्दै पत्र लेखेका छन् ।बेलायतका १६...
काठमाडौं, जेठ २६ : नेपाललाई आपतकालिन अवस्थामा मद्दत गर्नुपर्ने भन्दै बेलायतका १६ जना सांसदहरुले खोप उपलब्ध गराउनुपर्ने भन्दै पत्र लेखेका छन् ।
बेलायतका १६ जना सांसदहरुले बेलायती विदेशमन्त्री डोमिनिक रावलाई तीन पृष्ठ लामो पत्र पत्र लेख्दैं नेपाललाई अहिले खोप सबैभन्दा महत्वपूर्ण आवश्यक रहेको र अन्य मेडिकल उपकरणहरु पनि प्रभावकारी तरिकाले पुग्न नसकेको बताएका हुन् ।
कोभ्याक्स सुविधाबाट २० लाख डोज खोप उपलब्ध गराउन पहल चालिए पनि सन् २०२१ को अन्त्यसम्म भारतले खोप उपलब्ध गराउन नसक्ने अवस्थताका कारण अन्य माध्यमबाट खोप उपलब्ध गराउन भन्दै सांसदहरुले पत्र लेखेका हुन् ।
प्रकाशित मिति: १८:५३ बजे, बुधबार, जेठ २६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











