Kathmandu Press

सरकारको निर्णयविरुद्ध नेविसंघको प्रदर्शन, उपप्रधानमन्त्री महतोको पुत्ला दहन (फोटो फिचर)

उनीहरुले ‘चुरे दोहन, बन्द गर’, ‘सास फेर्न गारो भयो’ ‘मूल्यवृद्धि नियन्त्रण गर’ लगायत नारा लगाएका थिए।
सरकारको निर्णयविरुद्ध नेविसंघको प्रदर्शन, उपप्रधानमन्त्री महतोको पुत्ला दहन (फोटो फिचर)

काठमाडौं, जेठ २६ : नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) मा आबद्ध विद्यार्थीहरूले उपप्रधान एवं ऊर्जामन्त्री राजेन्द्र महतोको पुत्ला दहन गरेका छन्। 

सरकारको पछिल्ला निर्णयविरुद्ध प्रदर्शन उत्रिएका उनीहरूले पुतलीसडकस्थित शंकरदेव क्याम्पसअगाडि महतोको पछिल्लो अभिव्यक्तिलाई लिएर पुत्ला दहन गरेका हुन्।

उनीहरुले ‘चुरे दोहन, बन्द गर’, ‘सास फेर्न गारो भयो’ ‘मूल्यवृद्धि नियन्त्रण गर’ लगायत नारा लगाएका थिए। प्रदर्शन रोक्न पुगेको प्रहरीले उनीहरुलाई तितरबितर बनाएर केहीलाई नियन्त्रणमा लिएको थियो।

 

 

प्रकाशित मिति: १८:४७ बजे, बुधबार, जेठ २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्