Kathmandu Press

विघटन मुद्दा बहसका लागि दिइयो १५ घन्टाको समय, मागियो चारजना एमिकस क्युरी

काठमाडौं, जेठ २६ : प्रतिनिधिसभा विघटनको मुद्दामा रिट निवेदक पक्षले सुरुमा १२ घण्टा र प्रत्युत्तर बहसका लागि ३ घण्टा गरी १५ घण्टा समय...
विघटन मुद्दा बहसका लागि दिइयो १५ घन्टाको समय, मागियो चारजना एमिकस क्युरी

काठमाडौं, जेठ २६ : प्रतिनिधिसभा विघटनको मुद्दामा रिट निवेदक पक्षले सुरुमा १२ घण्टा र प्रत्युत्तर बहसका लागि ३ घण्टा गरी १५ घण्टा समय  पाउने भएको छ।

विपक्षलाई पनि त्यसरी नै त्यति नै समय उपलब्ध गरायएको छ। यसरी सर्वोच्च अदालतले बुधबार बहसका लागि पक्ष/विपक्षलाई लाई १५/१५ घण्टा समय निर्धारण गरेको हो।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनको मुद्दामा बहसको समय तोकेको हो।

इजलासले यो मुद्दामा नेपाल बार एशोसिएसनबाट दुई र सर्वोच्च अदालत बार एशोसिएसनबाट दुई गरी चारजना एमिकस क्युरी (अदालतको सहयोगी) पनि माग गरेको छ।

यो मुद्दामा बहस गर्ने सबै कानुन व्यवसायी र एमिकस क्युरीलाई असार १० गतेसम्म बहस नोट दिन संवैधानिक इजलासले आदेश दिएको छ।

हेर्नुहोस् आदेश

 

प्रकाशित मिति: १८:१७ बजे, बुधबार, जेठ २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्