Kathmandu Press

छलफल गर्नुपर्ने भन्दै सभामुखले डाके प्रधानमन्त्रीसहित दलका शीर्ष नेता

काठमाडौं, जेठ २६ : प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले समसामयिक विषयमा छलफल गनुपर्ने भन्दै प्रधानमन्त्री केपी ओलीसहित नेताहरुलाई बोलाएका छन्।उनले पत्र लेखेर प्रधानमन्त्रीसहित पूर्वप्रधानमन्त्री,...
छलफल गर्नुपर्ने भन्दै सभामुखले डाके प्रधानमन्त्रीसहित दलका शीर्ष नेता

काठमाडौं, जेठ २६ : प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले समसामयिक विषयमा छलफल गनुपर्ने भन्दै प्रधानमन्त्री केपी ओलीसहित नेताहरुलाई बोलाएका छन्।

उनले पत्र लेखेर प्रधानमन्त्रीसहित पूर्वप्रधानमन्त्री, संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरूलाई  जेठ २८ गते संघीय संसद भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा उपस्थित हुन आग्रह गरेका छन्।

सभामुख सापकोटाले समसामयिक विषयमा प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री र संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरुसँग छलफल गर्न खोजेको उनीनिकट स्रोतले जनाएको छ।

हेर्नुहोस् पत्र

प्रकाशित मिति: १८:०७ बजे, बुधबार, जेठ २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्