Kathmandu Press

तीन मन्त्रालयसहित कांग्रेस प्रदेश २ सरकारमा जाँदै, आजै शपथ ग्रहण

काठमाडौं, जेठ २६ : प्रदेश २ सरकारमा नेपाली कांग्रेस पनि सामेल हुने भएको छ।मुख्यमन्त्री लालबाबु राउत र कांग्रेस संसदीय दलका नेता रामसरोज यादवबीच...
तीन मन्त्रालयसहित कांग्रेस प्रदेश २ सरकारमा जाँदै, आजै शपथ ग्रहण

काठमाडौं, जेठ २६ : प्रदेश २ सरकारमा नेपाली कांग्रेस पनि सामेल हुने भएको छ।

मुख्यमन्त्री लालबाबु राउत र कांग्रेस संसदीय दलका नेता रामसरोज यादवबीच आज (बुधबार) सत्ता सहकार्य गर्ने सहमति जुटेको हो।

संसदीय दलका नेता यादवको नेतृत्वमा तीन मन्त्रालय लिएर कांग्रेस आजै सरकारमा सहभागी हुन जनाइएको छ।

आज साँझ साठे ७ बजे नवनियुक्त मन्त्रीहरूको शपथग्रहण गराउने तयारी गरिएको कांग्रेसनिकट एक नेताले बताए।
 

प्रकाशित मिति: १७:४८ बजे, बुधबार, जेठ २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्