Kathmandu Press

थप ४३४४ जनामा कोरोना संक्रमण पुष्टि, ८१ को मृत्यु

गत २४ घण्टामा कोरोना संक्रमणका कारण ८१ जनाको मृत्यु भएको छ।
थप ४३४४ जनामा कोरोना संक्रमण पुष्टि, ८१ को मृत्यु

काठमाडौ, जेठ २६ : पछिल्लो २४ घण्टामा देशभर ४३४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ५७६८ जना संक्रमणमुक्र भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै, गत २४ घण्टामा कोरोना संक्रमणका कारण ८१ जनाको मृत्यु भएको छ।

यस्तै कुल संक्रमितमध्ये काठमाडौंमा ६७९, भक्तपुरमा ८५ र ललितपुरमा १५१ गरि उपत्याकामा मात्र ९१५ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ।


 

प्रकाशित मिति: १६:४६ बजे, बुधबार, जेठ २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्