एमालेद्वारा कर्णाली प्रदेशसभा बैठक अवरुद्ध
सुर्खेत, जेठ २६ : प्रतिपक्षी दल एमालेले कर्णाली प्रदेशसभाको आज (बुधबार) बैठक अवरुद्घ पारेको छ।फौजदारी अभियोग लागेका भौतिक पूर्वाधार विकास मन्त्री अमरबहादुर थापालाई...
सुर्खेत, जेठ २६ : प्रतिपक्षी दल एमालेले कर्णाली प्रदेशसभाको आज (बुधबार) बैठक अवरुद्घ पारेको छ।
फौजदारी अभियोग लागेका भौतिक पूर्वाधार विकास मन्त्री अमरबहादुर थापालाई बर्खास्त नगरेसम्म संसद चल्न नदिने अडान दोहोर्याउँदै आठौँ अधिवेशनअन्तगर्त तेस्रो बैठक पनि एमालेले अरुद्ध पारेको हो।
एमाले संसदीय दलका नेता यामलाल कँडेलले सुरुमै मुख्यमन्त्री महेन्द्रबहादुर शाही बैठकमा सहभागी नभएको प्रति पनि आपत्ति जनाए।
यसअघि प्रदेशसभाको बैठक सोमबार दिउँसो २ बजे र बेलुका ५ बजे बसेको थियो। हिजो (मंगलबार) भने बैठक सुरु नै हुनु पाएन। अगाडि नै सूचना टाँसी मंगलबारको बैठक स्थगित गरिएको थियो।
सोमबारको बैठकमा पनि कँडेलले फौजदारी अभियोग लागेका व्यक्तिलाई प्रदेश सरकारको मन्त्रीमा राखेकामा आक्रोश व्यत्ति गर्दै त्यस्ता व्यक्ति सभामा राख्ने स्थितिको अन्त्य र सुधार नगरेसम्म बैठक चल्न नदिने बताएका थिए।











