Kathmandu Press

खोप अभियानको दोस्रो दिन भक्तपुर नगरपालिकामा जे देखियो 

चीनबाट भेरोसिल खोप आएपछि यसअघि नलगाएका सो उमेर समूहका नागरिकहरूलाई मंगलबारबाट खोप दिने व्यवस्था गरिएको हो।
खोप अभियानको दोस्रो दिन भक्तपुर नगरपालिकामा जे देखियो 
तस्बिर सौजन्य : भक्तपुर नगरपालिका

भक्तपुर, जेठ २६ : सरकारले मंगलबारबाट देशभरि ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकका लागि कोरोनाविरुद्धको खोप लगाउने अभियान चलाएको छ।

चीनबाट भेरोसिल खोप आएपछि यसअघि नलगाएका सो उमेर समूहका नागरिकहरूलाई मंगलबारबाट खोप दिने व्यवस्था गरिएको हो।

यसअघि पहिलो डोज लगाएर विभिन्न कारणले दोस्रो लाउन नपाएकालाई जुनसुकै उमेर समूह भए पनि खोप दिने व्यवस्था गरिएको छ।

यसैबीच भक्तपुर नगरपालिकामा जेठ २५ र २६ गते सोही उमेर समूहका नागरिकलाई कोभिड-१९ प्रतिरोधी भेरोसेल खोप लगाउने अभियान सञ्चालन भइरहेको छ।

जसअन्तर्गत बुधबार भक्तपुरका ६, ७, ८, ९ र १० का विभिन्न खोप केन्द्रहरुमा सर्वसाधारणले खोप लगाएका छन्। केही तस्बिर यसप्रकार छन् :

प्रकाशित मिति: १५:३२ बजे, बुधबार, जेठ २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्