Kathmandu Press

रौतहटबाट स्रोत नखुलेको ३० लाख बढी रकमसहित २ भारतीय नागरिक पक्राउ

काठमाडौं, जेठ २६ : रौतहटमा ३० लाख ७६ हजार रुपैयाँसहित दुई जना पक्राउ परेका छन् ।बुधबार बिहान परोहा नगरपालिका वडा नम्बर ९ रामपुरखापबाट भारतको...
रौतहटबाट स्रोत नखुलेको ३० लाख बढी रकमसहित २ भारतीय नागरिक पक्राउ

काठमाडौं, जेठ २६ : रौतहटमा ३० लाख ७६ हजार रुपैयाँसहित दुई जना पक्राउ परेका छन् ।

बुधबार बिहान परोहा नगरपालिका वडा नम्बर ९ रामपुरखापबाट भारतको मोतिहारी घोडासहन बस्ने २२ वर्गीय बान्टीकुमार कलवार र २० वर्षीय सुरज कलवारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

भारतबाट बिआर ०५ आर ४५२१ नम्बरको मोटरसाइकलमा नेपाल आउँदै गरेका उनीहरूमाथि प्रहरीले चेक गरेको थियो।

सो चेक गर्दा प्रहरीले उनीहरूको झोलाबाट ३० लाख ७६ हजार रुपैया बरामद गरेको कार्यालयले जनाएको छ। उक्त रकमको स्रोत नखुलेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो

 उनीहरुमाथि थप अनुसन्धान भइरहेको रौतहट प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: १५:१९ बजे, बुधबार, जेठ २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्