गण्डकीका सांसद थापाको पुनर्बहाली गर्ने अन्तरिम आदेशविरुद्ध जनमोर्चाले दर्ता गरायो पुनरावलोकन
गण्डकी प्रदेशका सांसद कृष्ण थापालाई पुनर्बहाली गर्न सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशविरुद्ध राष्ट्रिय जनमोर्चाले पुनरावलोकन निवेदन दर्ता गराएको छ।
काठमाडौं, जेठ २६ : गण्डकी प्रदेशका सांसद कृष्ण थापालाई पुनर्बहाली गर्न सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशविरुद्ध राष्ट्रिय जनमोर्चाले पुनरावलोकन निवेदन दर्ता गराएको छ ।
सर्वोच्च अदालतले २३ जेठमा उनलाई पदमुक्त नगर्न अन्तरिम आदेश दिएको थियो । उक्त आदेशविरुद्ध जनमोर्चाको गण्डकी प्रदेशसभा संसदीय दलले पुनरावलोकन निवेदन दिएको हो ।
पार्टीको निर्णय र ह्विप उल्लंघन गरेको बताउँदै जनमोर्चाले सांसद थापालाई दलबाट निष्कासन गरी प्रदेशसभा सचिवालयमा जानकारी दिएको थियो । त्यसपछि सभामुख नेत्रनाथ अधिकारीले प्रदेशसभा बैठकमा थापालाई दलले कारवाही गरेको जानकारी दिएपछि उनी पदमुक्त भएका थिए ।
त्यसविरुद्ध थापाले सर्वोच्चमा रिट दर्ता गराएका थिए । सर्वोच्चले उनीविरुद्धको कारवाहीको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो ।
प्रकाशित मिति: १३:५४ बजे, बुधबार, जेठ २६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











