Kathmandu Press

न्यायाधीश खतिवडाले भने– इजलास गठनलाई अनावश्यक रूपमा विवादमा ल्याइयो

सर्वोच्च अदालतको संवैधानिक इजलासमा न्यायाधीश ईश्वरप्रसाद खतिवडाले इजलास गठनलाई अनावश्यक रूपमा विवादमा ल्याइएको बताए ।
न्यायाधीश खतिवडाले भने– इजलास गठनलाई अनावश्यक रूपमा विवादमा ल्याइयो

काठमाडौं, जेठ २६ : सर्वोच्च अदालतको संवैधानिक इजलासमा न्यायाधीश ईश्वरप्रसाद खतिवडाले इजलास गठनलाई अनावश्यक रूपमा विवादमा ल्याइएको बताए ।

‘प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको सुनुवाइका लागि संवैधानिक इजलास गनठबारे विभिन्न प्रश्न उठेका छन्। सबै प्रश्नलाई ‘नोटिस’मा लिएका छौँ । इजलासका सन्दर्भमा उठेका सबै प्रश्नको जवाफ शब्दले मात्रै दिँदैनन्, कहिलेकाहीँ मौनताले पनि दिन्छ। प्रश्नलाई कुन ढंगबाट सम्बोधन गर्नुपर्छ वा पर्दैन त्यो हामी जान्दछौँ,’ उनले भने, ‘संवैधानिक इजलासमा सम्मानीय प्रधानन्यायाधीशको विकल्प छैन। संविधानले नै प्रधानन्यायाधीशको विकल्प दिँदैन। बाँकी हामी चारजना न्यायाधीश एउटै डुंगामा छौँ । यो संयोगले भएको हो, हाम्रो रहर थिएन।’

संयोगले आफूहरू जिम्मेवारीमा आइपुगेको र त्यसबाट नभाग्ने उनले स्पष्ट गरे । ‘अब बेन्च गठनसम्बन्धी कुनै पनि प्रश्न, कुनै पनि सन्दर्भमा, बहसको सन्दर्भमा होस् या अरू सन्दर्भमा कुनै प्रश्न नउठाउनु होला। हामी त्यो सुन्दैनौँ,’ न्यायाधीश खतिवडाले प्रष्ट्याए, ‘लेख्नुपर्ने बेलामा भरे हो कि भोलि हो कि पर्सि हो, या फाइनल आदेशमा हो, हामी सल्लाह गरौँला, जे गरौला, त्यहीँ गरौंला।’
 

प्रकाशित मिति: १३:२७ बजे, बुधबार, जेठ २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्