नेपालमा कोरोना संक्रमित पुरुष महिलाभन्दा २३ प्रतिशतले बढी
काठमाडौं, जेठ २६ : नेपालमा महिलाको तुलनामा पुरुषहरू कोरोनाकाट बढी संक्रमित भएको पाइएको छ। नेपालमा कोरोना संक्रमण फैलिएयता सरकारी तत्थ्यांकले त्यस्तो देखाएको हो। नेपालमा...
काठमाडौं, जेठ २६ : नेपालमा महिलाको तुलनामा पुरुषहरू कोरोना भाइरसबाट बढी संक्रमित भएको पाइएको छ। नेपालमा कोरोना संक्रमण फैलिएयता सरकारी तथ्यांकले त्यस्तो देखाएको हो।
नेपालमा कोरोनाको पहिलो र दोस्रो लहरको गरी अहिलेसम्म कुल ५ लाख ९५ हजार ३ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार कुल संक्रमितमध्ये ३८ दशमलव ९६ प्रतिशत अर्थात् २ लाख ३१ हजार ९ सय २५ जना महिला रहेका छन् भने ६१ दशमलव ४ प्रतिशत अर्थात् ३ लाख ६३ हजार ४ सय ३९ जना पुरुष रहेका छन्।
यसरी हेर्दा कोरोना भाइरसबाट संक्रमित हुने पुरुष महिला भन्दा झन्डै २३ प्रतिशतले बढी रहेको देखिन्छ। के कारणले यस्तो भएको भनी कतै उल्लेख नगरिए पनि महिलाको तुलनामा पुरुषहरू जनसम्पर्कमा बढी पुग्ने भएकाले यस्तो तथ्यांक आएको आँकलन गर्न सकिन्छ।
यो तत्थ्यांकको आधारमा पन महिलाको तुलनामा पुरुषहरु बढी संक्रमित भएको स्पष्ट हुन्छ। कोरोना महामारीबाट बढी प्रभावित अमेरिका, ब्राजिल भारतलगायत मुलुकमा पनि कोरोना संक्रमण हुने दर पुरुषमा बढी नै देखिएको छ।
नेपालमा कुल संक्रमितमध्ये ८४ दशमलव ७ प्रतिशत निको भएका छन् भने १ दशमलव ३ प्रतिशत अर्थात् ८ हजार ९८ जनाको मृत्यु भइसकेको छ।
यस्तै अहिले ८२ हजार ७ सय ३६ जना सक्रिय संक्रमित रहेका छन्। सक्रिय संक्रमितमध्ये १३ हजार २१ जना आइसीयूमा र ३ सय ७२ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।











