Kathmandu Press

राष्ट्रियसभा सदस्य पाण्डेले लिए शपथ

काठमाडौं, जेठ २६ : लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्य निर्वाचित दृगनारायण पाण्डेले आज (बुधबार) पद तथा गोपनीयताको शपथ लिएका छन्।राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले...
राष्ट्रियसभा सदस्य पाण्डेले लिए शपथ

काठमाडौं, जेठ २६ : लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्य निर्वाचित दृगनारायण पाण्डेले आज (बुधबार) पद तथा गोपनीयताको शपथ लिएका छन्।

राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले उनलाई लाई शपथ दिलाएका हुन्। पाण्डे नेपाली कांग्रेसका नेता हुन्।

लुम्बिनी प्रदेशतर्फ रिक्त राष्ट्रियसभा सदस्यका लागि जेठ १७ गते उपनिर्वाचन भएको थियो। । सो उपनिर्वाचनमा पाण्डेले सत्तारुढ एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई पराजित गरेका थिए।

खड्का एमालेमा प्रवेश गरेपछि माओवादी केन्द्रले कारबाही गर्दा पद रिक्त हुन पुगेको थियो। एमालेले पद गुमेका खड्कालाई पुनः उम्मेदवार बनाएको थियो।

प्रकाशित मिति: १२:४७ बजे, बुधबार, जेठ २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्