कार दुर्घटनामा एकै परिवारका दुईको मृत्यु, दुई घाइते
सिन्धुली, असार १० : सिन्धुलीको सुनकोशी गाउँपालिका–२ कमेरेफाँटमा कार दुर्घटना हुँदा दुईको मृत्यु भएको छ भने दुई घाइते भएका छन्।
दुर्घटन....

सिन्धुली, असार १० : सिन्धुलीको सुनकोशी गाउँपालिका–२ कमेरेफाँटमा कार दुर्घटना हुँदा दुईको मृत्यु भएको छ भने दुई घाइते भएका छन्।
दुर्घटनामा काठमाडौँ महानगरपालिका–३१ नयाँबानेश्वर बस्ने ४५ वर्षीया हेमा लामिछाने र ६० वर्षीय अच्चुत लामिछानेको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा कार चालक ५८ वर्षीय दीपक लामिछाने र २६ वर्षीया आस्था लामिछाने घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाका अनुसार, चारै जना एकै परिवारका हुन्।
मृतक अच्युत कार चालक दीपकका दाइ हुन भने हेमा दीपककी पत्नी हुन्। त्यस्तै, आस्था अच्युतकी छोरी हुन्।
विपी राजमार्गअन्तर्गत खोटाङ हलेसीबाट काठमाडौँतर्फ जाँदै गरेको बा १३ च ३७९३ नं.को कार गए राति अनियन्त्रित भई सडकबाट दुई सय मिटर तल खसेको थियो।
कार सुनकोशी नदी किनार नजिक खसेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक थापाले बताए।











