Kathmandu Press

सरकारले क्यान्सर अस्पतालहरुको स्वायत्तता कुण्ठित गर्‍यो : कांग्रेस

काठमाडौं, जेठ २६ : नेपाली कांग्रेसले सरकारले क्यान्सर अस्पतालहरुको स्वायत्तता कुण्ठित गर्ने प्रयास गरेको आरोप लगाएको छ।  सरकारले बजेटमा ल्याएको क्यान्सर संस्थानको अवधारणामा ३...
सरकारले क्यान्सर अस्पतालहरुको स्वायत्तता कुण्ठित गर्‍यो : कांग्रेस

काठमाडौं, जेठ २६ : नेपाली कांग्रेसले सरकारले क्यान्सर अस्पतालहरुको स्वायत्तता कुण्ठित गर्ने प्रयास गरेको आरोप लगाएको छ।  सरकारले बजेटमा ल्याएको क्यान्सर संस्थानको अवधारणामा ३ वटा स्थापित क्यान्सर अस्पतालहरुको स्वायत्तता कुण्ठित गर्ने नियत रहेको आरोप कांग्रेसको छ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार विज्ञप्ति जारी गर्दै क्यान्सर अस्पतालहरुको स्वायत्तता कुण्ठित गर्ने प्रयासका विषयमा सरोकारवालाहरुले गम्भीर प्रश्न उठाइसक्दा पनि प्रधानमन्त्री मौनता रहेको बिषयमा कांग्रेसको गम्भीर ध्यानाकर्षण जनाएका छन्।

‘क्यान्सर रोगको अध्ययन, अनुसन्धान र उपचारलाई राज्यले थप व्यवस्थित, प्रोत्साहित र बढावा दिनु जरुरी छ । त्यसका लागि स्थापित स्वास्थ प्रतिष्ठानहरु हाम्रो भरपर्दो आधार हुन् । ०४६ को परिवर्तन पश्चात् नेपाली कांग्रेसको नीति र नेतृत्वमा स्वदेशी र वैदेशिक सहयोगमा स्थापित र विकसित केहि क्यान्सर अस्पतालहरु देशमा छन्, समयानुकूल तिनको क्षमता विस्तार गर्ने र ती मार्फत नविन अनुसन्धानमा सहजीकरण गर्ने कर्तव्य राज्यको हो,’ विज्ञप्तिमा भनिएको छ ।

सक्षम प्रतिष्ठानहरुलाई नै अध्ययन र अनुसन्धानका लागि प्रोत्साहित र शसक्तिकरण गर्ने योजना उपयुक्त हुने काग्रेसको धारणा छ । सरकारले अलग्गै विवादास्पद संरचना मातहत ल्याउने र अस्पतालहरुको स्वायत्तता कुण्ठित गर्दै राज्य नियन्त्रित अखडा बनाउने नियत सरकारले राख्नु गलत भएको विज्ञप्तिमा उल्लेख गरिएको छ।

भक्तपुर क्यान्सर अस्पताल, भक्तपुर, वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, बाँकेलाई संस्थान मातहतमा ल्याउने भनेर गहिरो अध्ययन, विज्ञ परामर्श र सरोकारवालाहरुसँग  कुनै छलफल बिना बजेटमा उल्लेख हुनुले सरकारको नियतलाई प्रष्ठ पारेको कांग्रेसले जनाएको छ। संवेदनशील बिषयलाई हाल यथास्थितिमा राख्न पनि कांग्रेसले सरकारलाई चेतावनी दिएको छ।

प्रकाशित मिति: १२:१३ बजे, बुधबार, जेठ २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्