प्रतिनिधिसभा विघटनविरुद्धका रिटमाथि सुनुवाइ गर्न संवैधानिक इजलास बस्दै
प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमाथि बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ ।
काठमाडौं, जेठ २६ : प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमाथि बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आफूसहित न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई सम्मिलित संवैधानिक इजलास गठन गरेका छन् ।
सरकार पक्षले भने न्यायाधीशद्वय दीपककुमार कार्की र आनन्दमोहन भट्टराईको पूर्वधारणा आइसकेको दाबी गर्दै इजलासबाट हट्न माग गर्दै आएको छ । बुधबार पनि सरकारी पक्षले आफ्नो मागलाई निरन्तरता दिने सम्भावना छ ।
प्रकाशित मिति: १०:१५ बजे, बुधबार, जेठ २६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











