Kathmandu Press

सरकारविरुद्ध कांग्रेस भातृ संगठनको प्रदर्शन

काठमाडौं, माघ १३ । नेपाली कांग्रेसका भातृ संगठनले सरकारविरुद्ध आईतबार काठमाडौंमा प्रदर्शन गरेका छन् ।

कांग्रेस भातृ संस्थाहरुले माइतीघर मण्डलमा प्रदर्शन गरेक....

सरकारविरुद्ध कांग्रेस भातृ संगठनको प्रदर्शन
रिवाज राई

काठमाडौं, माघ १३ । नेपाली कांग्रेसका भातृ संगठनले सरकारविरुद्ध आईतबार काठमाडौंमा प्रदर्शन गरेका छन् ।

कांग्रेस भातृ संस्थाहरुले माइतीघर मण्डलमा प्रदर्शन गरेका हुन् । उनीहरुले सरकारविरुनाराबाजी गर्दै प्रदर्शन गरेका छन् । माइतीघर मण्डलबाट शुरु भएको जुलुस नयाँ बानेश्वर पुगेको थियो । नयाँ बानेश्वरमा केहीबेर प्रहरीसँग धक्कामुक्का भएको छ ।

अनसनरत डा.गोविन्द केसीसँग भएको सहमति विपरित राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गरेको विरोधमा प्रदर्शन गरिएको हो । नेपाल महिला संघ, तरुण दल, नेवि संघका नेता कार्यकर्ता प्रदर्शनमा सहभागि थिए ।

प्रकाशित मिति: १४:१७ बजे, आइतबार, माघ १३, २०७५