Kathmandu Press

मलामी गएका तीन युवा बुढीगण्डकीमा बेपत्ता

धादिङ, जेठ २६ : धादिङको मैदीमा मलामी गएका तीन युवा बुढीगण्डकीमा बगेर बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार उनीहरू मंगलबार मलामी गएका थिए। गर्मी...
मलामी गएका तीन युवा बुढीगण्डकीमा बेपत्ता

धादिङ, जेठ २६ : धादिङको मैदीमा मलामी गएका तीन युवा बुढीगण्डकीमा बगेर बेपत्ता भएका छन्। 

जिल्ला प्रहरी कार्यालयका अनुसार उनीहरू मंगलबार मलामी गएका थिए। गर्मी भएपछि नुहाउन नदीमा पसेका थिए। नुहाउने क्रममै बढेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

नुहाउन नदीमा गएका चार जना बगेका थिए। उनीहरूमध्ये एक जना बाहिर आउन सफल भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता जागेश्वर भण्डारीले बताए। 

प्रवक्ता भण्डारीका अनुसार, ज्वालामुखी गाउँपालिका–२ ठूलो चौरका २२ वर्षीय सुवास नेपाली, २२ वर्षीय दिनेश नेपाली र १९ वर्षीय सन्तोष नेपाली बेपत्ता भएका छन्। उनीहरूको खोजी जारी रहेको भण्डारीले बताए। 
 

प्रकाशित मिति: ०८:०७ बजे, बुधबार, जेठ २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्