सुदूरपश्चिममा ओली पक्षका सात सांसदलाई स्पष्टीकरण, चित्त नबुझे कारवाहीको चेतावनी
काठमाडौं, जेठ २५ : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको विपक्षमा मतदान गर्ने ७ जना प्रदेशसभा सदस्यलाई एमालेले स्पष्टीकरण सोधेको छ । मंगलबार मुख्यमन्त्री भट्टले विश्वासको...
काठमाडौं, जेठ २५ : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको विपक्षमा मतदान गर्ने ७ जना प्रदेशसभा सदस्यलाई एमालेले स्पष्टीकरण सोधेको छ ।
मंगलबार मुख्यमन्त्री भट्टले विश्वासको मत लिने क्रममा भट्टको पक्षमा मतदान गर्ने दलको निर्णय उल्लंघन गरेको भन्दै उनीहरुलाई संसदीय दलले स्पष्टीकरण सोधेको हो । प्रदेशसभा सदस्य पठानसिंह बोहरा, लिलाधार भट्ट, रतन थापा, माया तामाङ बोहरा, ग्याल्बु बोहरा, नेपालु चौधरी र बलदेव रेग्मीलाई दलका नेता प्रकाश शाहले २४ घण्टे स्पष्टीकरण सोधेका हुन् ।
स्पष्टिकरण पत्रमा निर्धारित समयभित्र जवाफ नदिए वा स्पष्टीकरण चित्त बुझ्दो नभए संसदीय विधानअनुसार कारबाही गर्ने समेत चेतावनी समेत दिईएको छ ।
अध्यक्ष ओली पक्षले माओवादी केन्द्र नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिन निर्देशन दिएको थियो भने खनाल–नेपाल समूहको बहुमत रहेको संसदीय दलले समर्थन कायमै राख्ने निर्णय गर्दै नेकपा माओवादी केन्द्रका भट्टलाई विश्वासको मत दिएको थियो।
स्पष्टीकरण सोधिएका ७ जना सांसद अध्यक्ष ओली पक्षका हुन् भने संसदीय दलका नेता शाह खनाल नेपाल पक्षका हुन् ।











