Kathmandu Press

विपक्षी दलले विरोधपछि प्रदेश २ को प्रदेश सभा बैठक स्थगित

काठमाडौं, जेठ २५ : विपक्षी दलको विरोधपछि प्रदेश २ को प्रदेश सभा बैठकस्थगित भएको छ ।प्रदेश सरकारले सम्बन्धित प्रदेश सांसदलाई जानकारी नै नगराइ...
विपक्षी दलले विरोधपछि प्रदेश २ को प्रदेश सभा बैठक स्थगित

काठमाडौं, जेठ २५ : विपक्षी दलको विरोधपछि प्रदेश २ को प्रदेश सभा बैठकस्थगित भएको छ ।

प्रदेश सरकारले सम्बन्धित प्रदेश सांसदलाई जानकारी नै नगराइ पालिकामा अन्तिम समयमा ससर्त अनुदान पठाएको भन्दै विपक्षी दलले विरोध गरेपछि बैठक स्थगित भएको हो ।

Hardik ivf

मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सभामा उपस्थित भएर जवाफ नदिएसम्म बैठक सञ्चालन हुन नदिने विपक्षी दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका प्रदेश सांसदहरूले माग गरेका थिए । सभामुख सरोजकुमार यादवले जवाफ दिन रुलिङ गरेका थिए । 

तर विपक्षी दलका सांसदले मुख्यमन्त्री तत्काल उपस्थित भएर जवाफ दिनुपर्ने माग गरेपछि सभामुख यादवले एक घण्टाका लागि बैठक स्थगित गरेका थिए । तर फेरि सुरु भएको बैठकमा पनि विरोध भएपछि बेठक भोलिसम्मका लागि स्थगित भएको हो ।

सोमवारदेखि सुरु भएको छैटौँ अधिवेशनमा आउँदो आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत हुँदैछ । 

प्रकाशित मिति: २०:२३ बजे, मंगलबार, जेठ २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्