एमालेका दुई पक्षीय नेताबीच ललितपुरमा छलफल
काठमाडौं, जेठ २५ : नेकपा एमालेका दुवै पक्षका दोस्रो तहका नेताहरूबीच छलफल सुरू भएको छ।ललितपुरस्थित एक होटलमा शुरु भएको छलफलमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष...
काठमाडौं, जेठ २५ : नेकपा एमालेका दुवै पक्षका दोस्रो तहका नेताहरूबीच छलफल सुरू भएको छ।
ललितपुरस्थित एक होटलमा शुरु भएको छलफलमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीका तर्फबाट अर्थमन्त्री विष्णु पौडेल, स्थायी कमिटी सदस्य सुवास नेम्वाङ, प्रदिप ज्ञवाली सहभागी छन्।
यस्तै, वरिष्ठ नेता माधव नेपालका तर्फबाट सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र गोकर्ण विष्ट सहभागी रहेका छन्। पार्टी विवाद समाधानका लागि प्रधानमन्त्री ओलीले आइतबार ६ बुँदे प्रस्ताव राखेका थिए।
नेपाल पक्षले भने ओलीको प्रस्तावलाई स्विकार्न नसक्ने जवाफ दिएका थिए। यसै बिषयमा छलफल केन्द्रित रहने बुझिएको छ।
प्रकाशित मिति: १९:५० बजे, मंगलबार, जेठ २५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











