केपी शर्मा ओलीलाई हटाउने सहज र छिटो प्रक्रिया चुनाव नै हो : कमल थापा
काठमाडौं, जेठ २५ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउने सहज र छिटो प्रक्रिया चुनाव नै भएको दाबी...
काठमाडौं, जेठ २५ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउने सहज र छिटो प्रक्रिया चुनाव नै भएको दाबी गरेका छन् ।
उनले सामाजिक सञ्जाल ट्वीटर मार्फत यस्तो बताएका हुन् । प्रजातान्त्रिक बाटो छाडेर विपक्षीहरु अदालत र सडक धाइरहेको थापाको आरोप छ ।
उनले सामाजिक संजालमा लेखेका छन्, ‘केपी ओलीले देश वर्वाद पारे भनि अरण्यरोदन गर्नेहरू ओलीलाई नै बलियो बनाउने काममा लागेका छन्।चुनावबाट ओली हटाउने सहज,छिटो र प्रजातान्त्रिक बाटो छोडेर विपक्षहरू अदालतरसडक धाउँछन।फेरि ओलीलाई बलियो बनाएर फर्कन्छन्,षडयन्त्रको त्राश देखाएर रोदन जारी राख्छन्।’
प्रकाशित मिति: १९:२५ बजे, मंगलबार, जेठ २५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











