Kathmandu Press

स्नातक तहको प्रयोगात्मक अंक जेठ मसान्तसम्म पठाउन त्रिविको निर्देशन 

काठमाडौं, जेठ २५ : त्रिभुवन विश्वविद्यालयले स्नातक तह तेस्रो वर्षको वार्षिक परीक्षाको प्रयोगात्मक अंक जेठ मसान्तभित्रमा सम्बन्धित परीक्षा नियन्त्रक कार्यालयमा पठाउन क्याम्पसहरूलाई निर्देशन...
स्नातक तहको प्रयोगात्मक अंक जेठ मसान्तसम्म पठाउन त्रिविको निर्देशन 

काठमाडौं, जेठ २५ : त्रिभुवन विश्वविद्यालयले स्नातक तह तेस्रो वर्षको वार्षिक परीक्षाको प्रयोगात्मक अंक जेठ मसान्तभित्रमा सम्बन्धित परीक्षा नियन्त्रक कार्यालयमा पठाउन क्याम्पसहरूलाई निर्देशन दिएको छ।

त्रिविले मंगलबार एक सूचना जारी गरी अहिलेसम्म कतिपय क्याम्पसहरूले प्रयोगात्मक अंक नपठाएको भन्दै यस्तो निर्देशन दिएको हो। समयमा प्रयोगात्मक अंक नपठाए परीक्षार्थीलाई अनुपस्थिति जनाइने चेतावनी समेत उसले दिएको छ ।

त्यस्तै,स्नातक तहको वार्षिक प्रणालीको प्रथम वर्षको परीक्षाको अनलाइन फाराम भर्नेमा रजिष्ट्रेसन नम्बरले समस्या देखिएको भन्दै भोलि (बुधबार) बाट रजिष्ट्रेसन नम्बर नराखी भर्न मिल्ने व्यवस्था गरेको पनि जनाएको छ। 

प्रकाशित मिति: १८:३१ बजे, मंगलबार, जेठ २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्