केन्द्रीय पदाधिकारीको हस्ताक्षर बुझाउन महन्थले मागे निर्वाचन आयोगसँग एक साताको समय
काठमाडौं, जेठ २५ : जनता समाजवादी पार्टी ९जसपा०का अध्यक्ष महन्थ ठाकुरले केन्द्रीय समितिका पदाधिकारीको निर्णयको हस्ताक्षर बुझाउन निर्वाचन आयोगसँग थप एक साता समय मागेका...
काठमाडौं, जेठ २५ : जनता समाजवादी पार्टी ९जसपा०का अध्यक्ष महन्थ ठाकुरले केन्द्रीय समितिका पदाधिकारीको निर्णयको हस्ताक्षर बुझाउन निर्वाचन आयोगसँग थप एक साता समय मागेका छन्।
जसपमा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव पक्षबीच विवाद बढेपछि जेठ १८ गते अध्यक्ष यादवले अर्का अध्यक्ष ठाकुरसहित राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई दलबाट निष्कासन गरी दलको दर्ता किताबमा रहेको विवरण सच्याउन निर्वाचन आयोगलाई आग्रह गरेको थिए । सोही दिन अध्यक्ष ठाकुरले पनि अध्यक्ष यादवलाई निष्कासन गरी दलको दर्ता किताबको विवरण सच्याउन आग्रह गरेका थिए।
दुवै अध्यक्षले दलको दर्ता किताबको विवरण सच्याउन फरक–फरक निवेदन दिएपछि गत जेठ १९ गते अध्यक्षद्वयलाई पत्र लेख्दै निर्वाचन आयोगले सात दिनभित्र राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को अनुसूची १८ बमोजिमको ढाँचामा पेश गर्न आग्रह गरेको थियो भने अध्यक्ष ठाकुरलाई भने आयोगले केन्द्रीय कार्यकारिणी समितिका पदाधिकारीको हस्ताक्षर ल्याउन भनेको थियो।
यादवले अनुचुची १८ बमोजिम फारममा विवरण पठाए पनि ठाकुरले थप एक साता समय माग गरेको आयोगले जनाएको छ। ठाकुरले अध्यक्ष यादवलाई पार्टीबाट निष्कासन गरेको जानकारीसहितको पत्र आयोगमा बुझाउँदा कार्यकारिणी समितिको निर्णयको हस्ताक्षर बुझाएकाले उनीसँग हस्ताक्षर मागरिएको आयोगले जनाएको छ।











