Kathmandu Press

पद्दति मिच्नेहरूले नैतिकता सिक्नुस् ! :  भिम रावल

काठमाडौं, जेठ २५ : एमाले नेता भीम रावलले सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत लिन सफल भएकोमा बधाई दिएका छन्। रावलले सुदुरपश्चिम सरकारबाट...
पद्दति मिच्नेहरूले नैतिकता सिक्नुस् ! :  भिम रावल

काठमाडौं, जेठ २५ : एमाले नेता भीम रावलले सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत लिन सफल भएकोमा बधाई दिएका छन्। रावलले सुदुरपश्चिम सरकारबाट विधि पद्दति नमान्नेहरुलाई शिक्षा लिन पनि सुझाव दिएका छन्।

रावलले सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै भनेका छन्, ‘सुदूरपश्चिम प्रदेश सभामा विश्वासको मत लिनुपर्ने कुरा जेठ २१ गते उठेपछि जेठ २५ गते नै विश्वासको मत लिने प्रस्ताव गरी सभाको विश्वास प्राप्त गर्नुभएकामा मुख्यमन्त्री त्रिलोचन भट्टजीलाई हार्दिक बधाई! विधि, विधान र पद्धति मिच्नेहरूले उहाँबाट राजनीतिक नैतिकताको केही शिक्षा लिने कि ?’  

माधवकुमार नेपाल समूहका १७ सांसदले मतदान गरेपछि भट्टले मुख्यमन्त्रीमा ३० मत पाएका थिए ।


 

प्रकाशित मिति: १५:३३ बजे, मंगलबार, जेठ २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्