Kathmandu Press

गाँजा : एसियाको नयाँ ब्युटी क्रेज

गाँजा तानेको, खाएको सुन्नुभएकै होला। अब अनुहारमा पनि लगाउन मिल्छ भन्ने सुन्दा अनौठो मान्नु पर्दैन।

‘स्किनकेयर’ र ‘कस्मेटिक्स’ उद्योगम....

गाँजा : एसियाको नयाँ ब्युटी क्रेज

गाँजा तानेको, खाएको सुन्नुभएकै होला। अब अनुहारमा पनि लगाउन मिल्छ भन्ने सुन्दा अनौठो मान्नु पर्दैन।

‘स्किनकेयर’ र ‘कस्मेटिक्स’ उद्योगमा गाँजाबाट बनेको ‘ब्युटी प्रोडक्ट’ को नयाँ बजार निकै आकर्षक बन्दै गएको छ। गाँजाबाट बनेको सौन्दर्य प्रसाधनको बजार अबको दश वर्षमा २५ अर्ब अमेरिकी डलर बराबर पुग्ने जेफ्रिज इन्भेष्टमेन्ट बैंकले जनाएको छ।

‘क्यानाबिडियोल’ अर्थात् सिबिडी गाँजाको बोटमा पाइने एउटा ‘नन–साइकोएक्टिभ कम्पाउन्ड’ हो। यसले जलन कम गर्न सहयोग गर्दछ। यसको प्रभावबारे पूर्ण ज्ञान नभए पनि छारेरोग, चिन्ता, अनिद्रा र छाला सम्बन्धी समस्या समाधानका लागि प्रयोग गर्न सकिने विशेषज्ञहरूले दाबी गरेका छन्।

Hardik ivf

एस्टी लोडर ओरिजिन्सको ‘हेल्लो, काल्म’ हेम्प मास्क, युनिलिभरको स्वामित्व भएको मुरादको हेम्प फेस सिरम र लोरियलको स्वामित्वमा रहेको किह्लको अनुहारमा लगाउने तेलले सिबिडि उत्पादनले बजार लिइसकेको देखाउँछ।

अमेरिका र क्यानडाका थुपै्र खुद्रा पसल र डिपार्टमेन्ट स्टोरमा सिबिडीयुक्त सौन्दर्य प्रसाधन र स्वास्थ्य उत्पादन पाइन्छ। अमेरिकामा मात्रै ३५ हजारभन्दा धेरै खुद्रा बिक्रेताले सिबिडी उत्पादन विक्री गर्ने इच्छा देखाएका छन्। हङकङस्थित लगानी कम्पनी रिजेन्ट प्यासेफिकले जनाए अनुसार अहिले नै करिब दश प्रतिशत पसलमा सिबिडी उत्पादन पाइन्छ।

वैधानिक गाँजा उद्योगको व्यापक विस्तारसँगै यो नयाँ ‘ट्रेन्ड’ भित्रिएको छ। अमेरिका, क्यानडा, जर्मनी, इटाली र बेलायतले गाँजाको विक्री वितरणमा लचिलो कानून अवलम्बन गरेका छन् भने अन्य देशले पनि यसलाई पछ्याउन थालेका छन्।

केहीले उद्योगको वर्तमान मुल्य १५ करोड अमेरिकी डलर अनुमान गरेका छन्। बाक्र्ले इन्भेष्टमेन्ट बैंकले आउने दशकसम्म यसको बजार दुई खर्ब ७२ अर्ब अमेरिकी डलरसम्म पुग्ने बताएको छ। ग्रान्ड न्यू रिसर्च नामक परामर्शदाता कम्पनीले जनाए अनुसार सन् २०२५ सम्म गाँजाको वैधानिक बजार ६६ अर्ब अमेरिकी डलर हुनेछ।

एसियाको अधिकांश क्षेत्रमा गाँजा वैधानिक छैन। ‘के–ब्युटी’ र ‘जे–ब्युटी’ छाला स्याहारको क्षेत्रमा विश्वकै अग्रणी स्थानमा छन्। त्यसैले चीन, दक्षिण कोरिया र जापानजस्ता देशले पनि ‘सिबिडी ब्युटी ट्रेन्ड’ ढिलोचाँडो अंगिकार गर्ने विज्ञहरू बताउँछन्।

चीन औद्योगिक ‘हेम्प’ को सबैभन्दा ठूलो उत्पादक हो। यसमा टेट्रा हाइड्रो क्यानाबिनोल (टिएचसी) नामक ‘साइकोएक्टिभ कम्पाउन्ड’ को मात्रा ० दशमलव ३ प्रतिशतभन्दा कम हुन्छ। अधिकांश वैधानिक सिबिडी उत्पादनको यो नै विश्वव्यापी मापदण्ड हो।

हङकङको लगानी कम्पनी रिजेन्ट प्यासिफिक ग्रुपका कार्यकारी प्रमुख जेमी गिब्सनले सन् २०२४ सम्म चीनमा सिबिडिको बजार करिब १५ अर्ब अमेरिकी डलर बराबर हुने बताउँछन्। कम्पनीले हालै मात्र सिबिडी उत्पादनको इ–कमर्स प्लेटफर्म युया एक करोड पचास लाख अमेरिकी डलरमा खरिद गर्ने सहमति गरेको छ। यो वर्षको तेस्रो त्रैमासिकमा ‘एक्विजिसन’ पूरा गर्ने उनीहरूले आशा गरेका छन्। 

‘विस्तृत विवरण त छैन तर यो वृद्धिमा सौन्दर्य प्रसाधन र स्वास्थ्य सम्बन्धीको उत्पादनको मुख्य भूमिका हुनेछ,’ उनले बताए। युयालाई चीन र विदेशी खरिदकर्तामाझ उच्च–स्तरीय सिबिडी सौन्दर्य प्रसाधनको अनलाइन खुद्रा व्यवसाय बनाउने योजनामा उनीहरू लागेका छन्।

चीन र गाँजा

चीनले सन् १९८५ देखि गाँजा प्रतिबन्ध गरेको हो। तर हजारौं वर्षसम्म चीन विश्वकै ठूलो गाँजा उत्पादक थियो। परम्परागत औषधि उपचारमा पनि गाँजा प्रयोग हुन्थ्यो।

गाँजा सम्बन्धी परामर्श दिने कम्पनी प्रोहिबिसन पार्टनर्सले यो वर्ष प्रकाशन गरेको एउटा रिपोर्ट अनुसार सन् २०१७ मा १.१ अर्ब अमेरिकी डलर बराबरको चीनको ‘हेम्प’ बजार अर्काे वर्षसम्म १.५ अर्ब अमेरिकी डलर पुग्ने प्रक्षेपण गरिएको छ।

क्यानाक्युब्ड सिंगापुरको गाँजा खेती गर्ने कम्पनी हो। कम्पनीले हालै मात्र चीन सरकारबाट गाँजा खेती अनुमति लिएर दक्षिणी युनान प्रान्तमा खेती गरिरहेको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत ग्लेन डेभिसले एक हजार हेक्टरमा लगाइएको खेतीबाट यो वर्ष २० टन सिबिडि तेल उत्पादन गर्ने अपेक्षा गरेका छन्। गुणस्तर हेरेर एक केजी सिबिडी तेलको मुल्य चारदेखि आठ हजार अमेरिकी डलरसम्म छ। यसको आधारमा उनले यो वर्ष आठदेखि १६ करोड अमेरिकी डलरको कारोबार गर्नेछन्।

‘दक्षिणी गोलाद्र्धमा हामी सबैभन्दा ठूलो सिबिडी उत्पादन र प्रशोधन केन्द्र बनाइरहेका छौं,’ डेभिसले भने,‘थुपै्र सेवाग्राही र सम्भावित लगानीकर्ताले हामीसँग लामो समयदेखि सोधखोज गरिरहेका छन्।’

आपूर्तिभन्दा विश्वव्यापी माग बढी भएको डेभिसले बताए। यसको अर्थ यसको बजार पनि ठूलो छ। आर्कभिउ ग्रुप गाजाँमा लगानी गर्ने कम्पनी हो। ब्रायन शेङ यसका साझेदार हुन्। एसियाको मेडिकल गाँजा बजार सन् २०२४ सम्म झण्डै ६ अर्ब अमेरिकी डलर र सिबिडि बजार दश अर्ब अमेरिकी डलर बराबर पुग्ने प्रक्षेपण गरिएको उनी बताउँछन्। तर, बजारको मुल्य अनुमानभन्दा पनि ठूलो हुनसक्छ।

‘चीनले सिबिडी उत्पादनको खपत अनुमति दिए बजार अझ बढ्नेछ। मेरो विचारमा यो सम्भव छ र मानिसले सोचेभन्दा छिटो पनि हुनेछ,’ उनले भने। सिबिडी उत्पादन चीनमा प्राविधिक रूपले वैधानिक छ। यसका लागि सरकारको स्वीकृति चाहिन्छ। जापानमा वैधानिक छ। दक्षिण कोरिया र जापानमा मेडिकल प्रयोजनका लागि गाँजाको प्रयोग हालै मात्र वैधानिक बनाइएको छ।

नयाँ के–ब्युटी

अमेरिकामा केही एसियाली–अमेरिकी उद्यमीले यो बजारलाई अहिले नै अँगालिसकेका छन्। लस एन्जलस बस्ने कोरियाली–चिनियाँ मूलकी जेनिस बूले सन् २०१५ देखि नै काना स्किनकेयर सञ्चालन गर्दै आएकी छिन्। उनी यसलाई देशकै पहिलो ‘भिगन’ र क्रुरतारहित सिबिडी ‘के–ब्युटी’ भएको बताउँछिन्।

‘म सधैं के–ब्युटीदेखि प्रभावित थिएँ। मेरी आमाले दुध, मह र अन्य सामग्री प्रयोग गरेर घरमै स्लिपिङ मास्क बनाउनुहुन्थ्यो,’ बू भन्छिन्,‘सन् २०१४ मा मेरो बुवालाई ताइवानमा हृदयाघात भयो। मैले मेरो मेक–अप ब्यागमा सिबिडी लगें र उनको खानामा मिसाएँ।’ त्यसो गरेपछि बुवा चाँडै निको भएको र उनको पीडामा पनि निकै कम भएको बूले बताइन्। सिबिडीको ‘रिजेनेरेटिभ’ गुणबाट विश्वस्त भएपछि एक जना दक्षिण कोरियाली रसायनविद्को सहयोगमा सिबिडि–आधारित छाला स्याहार उत्पादनको विकासमा लागिन्।

‘पहिलो पटक प्रस्ताव गर्दा एक जना रसायनविद्ले मलाई हुँदैन भने। सिबिडी बनाए जेल जानुपर्ने बताए,’ बूले भनिन्,‘हैन पर्दैन। यहाँ लस एञ्जलसमै बनाए के होला भनेर प्रस्ताव गरें। यसले उनीहरू उत्साहित भए होलान्। अमेरिकामा बनाउन मिल्ने तर एसियामा किन नमिल्ने? सायद उनीहरू यही जान्न चाहन्थे।’

बूले काना स्किन केयरको नाफा खुलाउन चाहिनन्। तर अघिल्लो वर्षदेखि उत्पादनको माग अत्यधिक बढेको उनले बताइन्। अमेरिका र अन्य देशबाट पनि माग भइरहेको उनले खुलाइन्। ‘पहिले सिजनमा मात्रै उत्पादन हुने गथ्र्यो। अहिले प्रत्येक दुई सातामा उत्पादन गर्नुपर्छ।’

अमान्डा हु कोरियाली–अमेरिकी ‘ब्युटी इन्थुजियास्ट’ हुन्। उनी पनि लस एञ्जलसमै बस्छिन्। सिबिडीको उत्पादन प्रभावकारी भएको उनको दाबी छ। ‘चल्तीमा भएकाले मानिसहरू यसको प्रभावकारिता जान्न चाहन्छन्। त्यसैले म सबै उत्पादनको परीक्षण गर्दछु,’ उनले भनिन्,‘यो हजारौं वर्षदेखि प्रयोग हुँदै आएको छ र यो प्राकृतिक हो। प्राकृतिक उत्पादनको प्रयोग उत्तम हुन्छ।’

जेनेल किम कोरियाली–अमेरिकी हुन्। उनी परम्परागत चिनियाँ औषधोपचार अभ्यास गर्छिन्। उनी जेबिके वेलनेस ल्याब्सकी संस्थापक पनि हुन्। ल्याब्स सिबिडी सौन्दर्य प्रसाधनसम्बन्धी विशेषज्ञता राख्दछ। उनले अमेरिकामा क्यानबिस ब्युटी डिफाइन्ड स्किनकेयर नामक आफ्नै सिबिडी के–ब्युटी लाइन पनि सञ्चालन गरेकी छिन्। 

किमका अनुसार छालाको स्याहारमा सिबिडीको थुप्रै फाइदा छ। सिबिडी एन्टिअक्सिडेन्टले भरिएको, भिटामिन ए र इ को उच्च मात्रा भएको उनले बताइन्। यसले संवेदनशील छालालाई आराम दिने पनि उनी बताउँछिन्।

‘पन्ध्र वर्षअघि सिबिडी बजार भर्खर उदाउँदै थियो। मलाई लाग्यो पश्चिमका मानिसलाई पनि यसको आवश्यकता छ,’ उनले भनिन्,‘एसिया सिबिडीको ठूलो बजार हुनेछ भनेर सुनेकी थिएँ। यो अमेरिकामा सुरू भयो र अब फेरि एसिया फर्किदैछ।’
 

प्रकाशित मिति: ०७:५३ बजे, मंगलबार, असार १०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्