एकताको सहमतिबाट पछि हटे दुर्भाग्यपूर्णः प्रचण्ड
चितवन, असार ९ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताको अन्तिम चरणमा आइपुग्दा सहमतिबाट कोही पनि पछि हट्न....
चितवन, असार ९ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताको अन्तिम चरणमा आइपुग्दा सहमतिबाट कोही पनि पछि हट्न नसक्ने बताएका छन्।
नेकपा चितवनको प्रथम बैठक तथा शपथग्रहण कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै प्रचण्डले सहमतिबाट कोही पछि हटे दुर्भाग्यपूर्ण हुने बताएका हुन्। उनले सहमति र एकताको आधारबाट विचल्लित भई अघि बढ्नुको विकल्प नभएको बताए।
पार्टी एकताबाट विचल्लित हुन खोज्दा खण्डन र आलोचनाले पार्टीलाई सच्चिन मद्दत पुग्ने प्रचण्डको भनाइ थियो। अहिले पार्टीले जिम्मेवारी नदिएको भनेर बस्ने समय नभएकाले सबैले संगठन निर्माणमा ध्यान दिनु पर्ने प्रचण्डले बताए।
पार्टी एकतालाई धमिल्याउन प्रतिक्रियावादी शक्ति र अवसरवादी शक्तिहरु अहिले पनि सल्बलाई रहेको प्रचण्डको आरोप छ। ‘पार्टी एकता भाँडियोस् भन्ने उद्देश्यका साथ प्रतिक्रियावादी र अवसरवादी शक्तिहरु लागिपरेका छन,’उनले भने,‘तर उनीहरुको प्रयास सफल हुँदैन।’
उनले नेपाली जनताको चाहना र कम्युनिष्ट आन्दोलनको उपलब्धिका रुपमा पार्टी एकता भएको बताए।






