Kathmandu Press

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत

प्रदेशसभामा मत विभाजन हुँदा विश्वासको मतका पक्षमा ३० र विपक्षमा नौ मत परेका छन् । मुख्यमन्त्री भट्टलाई बहुमत पुर्‍याउन २७ सांसद आवश्यक थिए । १२ जना सांसद मत विभाजनमा सहभागी भएनन् ।
सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत

काठमाडौं, जेठ २५ : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशसभाबाट विश्वासको मत पाएका छन् ।

उनलाई माओवादी केन्द्र र एमालेको माधवकुमार नेपाल–झलनाथ खनाल समूहले मत दिएका छन् ।

प्रदेशसभामा मत विभाजन हुँदा विश्वासको मतका पक्षमा ३० र विपक्षमा नौ मत परेका छन् । मुख्यमन्त्री भट्टलाई बहुमत पुर्‍याउन २७ सांसद आवश्यक थिए । १२ जना सांसद मत विभाजनमा सहभागी भएनन् ।

मतदानमा सहभागी नभएका १२ सांसद कांग्रेसका हुन् । नेपाल-खनाल समूहका १७ सांसदले भने विश्वासको मतको पक्षमा मतदान गरेका छन् ।

प्रदेशसभामा माओवादी केन्द्रका १३, एमालेका २४ (सभामुखबाहेक), कांग्रेसका १२ र जसपाका २ सांसद छन् । तीमध्ये एमालेको नेपाल–खनाल समूहका १७ जना सांसद छन् ।

जसपाका दुवै सांसद महन्थ ठाकुर–राजेन्द्र महतो समूहका हुन् ।
 
प्रकाशित मिति: १२:२३ बजे, मंगलबार, जेठ २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्